AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रतिभामा निखार ल्याउन प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ हुदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०८१, आईतवार १८:४६
162
Shares
विराटनगर / कोशी प्रदेशमा भईरहेको खेलकुद शुन्यतालाई चलायमान राख्न तथा खेलकुद क्षेत्रमा दैनिक गतिविधी बढाउन प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ हुने भएको छ ।

आज विराटनगरमा प्रदेश खेलकुद विकास बोर्डले विराटनगरले पत्रकार सम्मलेनको आयोजना गरी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ हुने भएको जनाएको हो ।

कोशी प्रदेशमा पहिलो पटक खेल क्षेत्रको विकासमा जोड दिन फागुन १३ गतेदेखि १८ गतेसम्म महोत्सवको तयारी पूरा भएको जनाएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले बोर्डको २६ औं बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा रहेको विभिन्न खेलका प्रतियोगिताहरु सम्मिलित खेलकुद महोत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको बताएका छन् । बस्नेतले महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने बताउँदै महोत्सव आयोजना गर्न झन्डै १ करोड ७८ लाख खर्च हुने अनुमान बोर्डले गरेको जानकारी दिए । उनले नियमित खेलकुद प्रतियोगिताले खेलाडीको प्रतिभामा निखार ल्याउने बताउँदै ‘खेल गतिनै खेलाडीको प्रगति’ हो भन्ने मान्यता साथ बोर्डले गतिविधि गर्दै आएको बताए ।

पत्रकार सम्मेलनमा बाल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले कोशी प्रदेशमा नियमित खेल गतिविधि हुँदा यस्ता गतिविधिले कोशी प्रदेशलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिक पदक जित्न सहयोग पुग्ने बताए । मन्त्री राईले नियमित खेलकुद प्रतियोगिताले खेलाडीको जीवन निर्वाहमा समेत महत्वपूर्ण भूमिका खल्ने भन्दै खेलाडीले खेलेरै जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सबैपक्ष लाग्नु पर्ने बताए ।

महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल , महिला तथा पुरुष दौड , महिला तथा पुरुष कबडी , भेट्रान बाघचाल , महिला तथा पुरुष टेबलटेनिस , महिला तथा पुरुष बुद्धिचाल , महिला तथा पुरुष कराँते , महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर