AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विपद् व्यवस्थापन स्वंयमसेवक परिचालन सम्बन्धीे आधारभूत तालिम सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ श्रावण २०८२, आईतवार १७:१८
72
Shares
विराटनगर / विपद् व्यवस्थापन स्वंयमसेवक परिचालन सम्बन्धी सात दिने आधारभूत तालिम आजदेखि विराटनगरमा सुरु भएको छ ।

मानवीय जीवनशैली सचेतनाको अवस्था तथा पहुँचको अभावले गर्दा ग्रामीण क्षेत्र अझ बढी विपद्को जोखिममा रहेको भन्दै नेपाल रेडक्रस सोसाइटी मोरङले बढी जोखिम हुने क्षेत्रलाई मध्यनजर गर्दे आधारभूत तालिम सञ्चालन गरेको हो ।

प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्व सुचनाप्रणाली , पूर्व तयारी, उद्धार, राहत एवम् पुनस्र्थापना गर्नका लागि सहज बनाउने उद्देश्यले तालिमको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी मोरङ साखाका सभापति सुकदेव मण्डलले बताए ।

नेपालका विभिन्न स्थानीय तहलाई बहुप्रकोपबाट सुरक्षित बनाउन, आपत्कालीन प्रतिक्रिया प्रणालीलाई सुदृढ गर्न, समयमै प्रभावकारी सहयोग प्रदान तथा आपतकालीन अवस्थामा तथा विनाशकारी विपत्तिमा प्रतिकार्यका लागि उच्च दक्षता भएका आपतकालीन प्रतिकार्य टोली विकास गर्न तथा समुदायमा हुने विपद्को समयमा सुरक्षा र गुणस्तरीयतालाई सुनिश्चित गर्दे प्रतिकार्य गर्न आवश्यक पर्ने आधारभूत ज्ञान एवम् सीप प्रदान गर्ने अभिप्रायले तालिम आयोजना गरेको हो ।

तालिममा रंगेली, सुन्दरहरैचा, बेलबारी नगरपालिका, कटहरी, जहदा गाउँपालिकाका विपदका क्षेत्रमा काम गर्ने स्थानीयहरुको सहभागीता छ । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदले मोरङमा आत्महत्या, आगलागी, दुर्घटना, सर्पदंश, करेन्ट, डुबानलगयातका घटनाहरु बढी घटने भएकाले यो तालिमबाट व्यवस्थापन र प्रतिकार्यमा सहज हुने बताए ।

तालिममा विपद् सम्बन्धी विद्यमान ऐन, कानुन, विपद्का बेला कसरी सजग रहने भन्ने बिषयमा तालिममा सहजीकरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर