RUMPUM
animated ellipse animated ellipse

साविक विजेता कोशी क्याम्पसलाई पराजित गर्दै कान्तीपुर कलेज हिसान क्रिकेटको नयाँ च्याम्पियन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०७९, आईतवार १७:०४
4.77k
Shares
पुष्पराज थपलिया
विराटनगर / साविक विजेता कोशी क्याम्पसलाई फराकिलो रन अन्तरले पराजित गर्दै कान्तीपुर कलेज हिसान क्रिकेटको नयाँय च्याम्पियन बनेको छ ।

आज वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तीपुरले साविक विजेता कोशी क्याम्पसलाई ९८ रनको फराकिलो अन्तरले पराजित गदै हिसान क्रिकेटको च्याम्पियन बनेको हो ।

हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको फाइनलमा टस जितेर ब्याटिङ गरेको कान्तीपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३७ रनको विशाल योगफल तयार पारेको थियो ।

कान्तीपुरका जितमा निशान्त यादवले ४० रन, भोला सेठले २७ रन, कृष्ण गुम्ताले २५ रन र नवराज संग्रोलले १५ रनको गोगदान दिएका थिए । कोशीका सुमन पासवान र अमित राँयले १–१ विकेट लिए ।

जवाफमा १ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको कोशीले कान्तीपुरको बलरसामु घुँडा टेक्दै १३ ओभरमा सवै विकेट गुमाई ३९ रनमा सिमित भयो । कोशीका सुमन पासवानले १० रन बाहेक अरु ब्याटरले कान्तीपुरका बलरसामु टिकेर खेल्लन सकेनन् ।

कान्तीपुरका म्यान अफ द फाइनल कान्तीपुरमा राज वर्माले ४ ओभरमा ९ रन दिएर ७ विकेट लिँदा अफुदिन रेनले २ विकेट लिए । प्रतियोगिताको उतकृष्ट खेलाडि कान्तपिुरका राज वर्मा घाषित हुँदा कान्तीपुरकै अविशेक मण्डल उत्कृष्ट बलर भए । त्यस्तै कोशीका अमित राँय उत्कृष्ट ब्याटर घोषित भए ।

फुटबलमा फाइनलमा कोशी प्रवेश

विराटनगरको शहिद मैलानमा आजै भएको फुटबलको सेमिफाइनलमा कोशी क्याम्पस विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनल खेलमा विराटनगरको कोशी क्याम्पसले पथरीको रेड टार कलेजाई १–० को गोल अन्तरले पराजित गदै फाइनलमा प्रवेश गरेको छ । खेलको एक मात्र निर्णायक गोल कोशीका किशोर चाम्लीङले गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए

फाइनल खेल सोमबार विराटनगरको शहिद मैदानमा दिवारात्रीमा हुने खेल सम्योजक दिपेश बास्तोलाले बताए । बास्तालाका अनुसार हिसान नेपालको इतिहासमा पहिलो पटक फुटबल खेल दिवारात्रीमा मोरङमा भएको बताए ।

भलीबलमा छात्रतर्फ कान्तीपुर, मोर्डन एरा र छात्रातर्फ कोशी फाइनलमा

आजै भएको भलीबलको छात्रतर्फको पहिलो खेल कान्तीपुर कलेजले शिक्षादिप कलेजलाई २–० को सेटले पराजित गर्दै फाक्ष्नलमा पुगेको छ । खेलको म्यान अफ द म्याच कान्तीपुरका सन्जिव विष्ट भए ।

दोस्रो खेलमा अर्किड कलेजलाई २–१ को सेटले पराजित गर्दै मोर्डन एरा कलेजलाई फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच मोर्डन एराका सविन तामाङ घोषित भए ।

त्यस्तै छात्रातफको खेलमा कोशी क्याम्पसले अरनिको कलेजलाई २–० को सेटले पराजित गर्दै फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच अरनिकोकी लिया मगर घोषित भइन् ।

बास्केटल बलको उपाधि विकेभिएमलाई
आजै भएको बास्केटलको फाइनलमा विकेभिएम विजयी हुँदै हिसान बास्केटल बलको उपाधि हात पारेको छ ।

विकेभिएमले शिक्षादिप कलेजलाई २५–५४ को स्कोरले पराजित गरि उपाधि जितेको हो । खेलको म्यान अफ द फाइनल विकेभिएमका निश्चल थापाले २६ स्को गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर