AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना संक्रमणका कारण मोरङमा एक दम्पतीको १२ घण्टाको अन्तरमा मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ कार्तिक २०७७, मंगलवार १९:०१
2.87k
Shares
विराटनगर / कोरोना संक्रमणका कारण मोरङको रंगेलीका एक दम्पतीको मृत्यु भएको छ ।

रंगेली नगरपालिका– ४ का अधिकारी थरका ८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको १२ घण्टाको अन्तरमा मृत्यु भएको हो ।

उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्तले जानकारी दिएका छन् । सोमबार राति ८५ वर्षीय श्रीमानको विराट नर्सिङ होममा मृत्यु भएको हो भने सोमबार बिहान मोरङ सहकारी अस्पतालमा श्रीमतीको मृत्यु भएको हो कोरोना संक्रमित श्रीमान श्रीमतीको करिब एकै दिन मृत्यु भएको छ ।

आफन्तका अनुसार ८५ वर्षीय श्रीमानलाई २८ असोजमा विराटमा भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोना जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

श्रीमानलाई अस्पताल भर्ना गरेपछि ८१ वर्षीय वृद्धा महिला पनि घरमा अस्वस्थ्य बनेकी थिइन् ।

उनलाई २७ असोजमा मोरङ सहकारी अस्पतालमा भर्ना गरिएको थियो । दुवै जनाको मृत्यु भएपछि संक्रमित बसेको घरलाई सेनिटाइज गरिएको रंगेली नगरपालिकाका स्वास्थ्य संयोजक भूपेन्द्र मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर