AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निर्वाचन सामग्री बोकेर मतदान स्थलतर्फ लागे कर्मचारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०८२, सोमबार १२:०१
153
Shares
विराटनगर /आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङमा निर्वाचन टोली मतदान सामग्रीसहित कार्यक्षेत्रतर्फ जान थालेका छन् ।

आजदेखि जिल्लाका सबै मतदान स्थलतर्फ कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन हुन थालेको हो ।

मोरङका मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका लगायत ४९ प्रकारका निर्वाचन सामग्रीसहित कर्मचारीहरू मतदान केन्द्रतर्फ जान थालेका हुन् । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा पुग्ने टोलीलाई आवश्यक सबै सामग्री हस्तान्तरण गरिसकेको छ ।

८८८ मतदान केन्द्रमा कर्मचारी परिचालन
मोरङमा रहेका ३०६ मतदान स्थलका ८८८ मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न ५ हजार ३४६ जना कर्मचारी खटिएका छन् । ती सबै कर्मचारीले नियुक्तिपत्र लिई कार्यक्षेत्रमा जान सुरु गरिसकेका छन् । यस्तै, जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा रहने अस्थायी मतदान केन्द्रका लागि पनि छुट्टै कर्मचारीको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसपटक मोरङको मतगणना प्रक्रियामा केही परिवर्तन गरिएको छ । विगतका निर्वाचनमा क्षेत्र नं. ४, ५ र ६ को मतगणना विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा र अन्य क्षेत्रको सम्बन्धित क्षेत्रमै हुने गरेको थियो । तर, यसपटक ६ वटै निर्वाचन क्षेत्रको मतगणना अलग–अलग स्थानमा गर्ने तयारी गरिएको छ । यसले मतगणना कार्यलाई थप छिटो र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

सुरक्षा व्यवस्था चुस्त, झण्डै ८ हजार सुरक्षाकर्मी मैदानमा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा एकीकृत सुरक्षा योजनाु लागू गरिएको छ ।

जसअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी कुल ७ हजार ८५१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मोरङमा यसपटक ७ लाख ८३ हजार ५० जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । मतदान सामग्रीसहित कर्मचारीहरू गाउँ–गाउँ पुग्न थालेसँगै जिल्लामा चुनावी उत्साह थप बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर