AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको शिक्षादीप कलेजमा विश्व ओजोन संरक्षण दिवसको अवस निबन्ध प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०८३, बुधबार १७:३७
18
Shares
विराटनगर / विराटनगरस्थित शिक्षादीप कलेजमा ओजोन तह विनाश र यसको संरक्षणका उपायबारे निबन्ध प्रतियोगिता आयोजना गरिएको छ।

विश्व ओजोन संरक्षण दिवसको अवसर पारेर कलेजले विज्ञान संकायमा अध्ययनरत विद्यार्थीका लागि आज प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा कक्षा ११ र १२ मा विज्ञान संकायअन्तर्गत अध्ययनरत ९६ विद्यार्थी सहभागी थिए। विद्यार्थीले तोकिएको समयभित्र कक्षाकोठामै बसेर ‘ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू’ विषयमा निबन्ध लेखेका थिए।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूलाई अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। ओजोन तहको महत्व, सूर्यका हानिकारक किरणबाट पृथ्वीमा पर्ने असर तथा यसको संरक्षणका उपायबारे विद्यार्थीलाई जानकारी गराउनु कार्यक्रमको अर्को उद्देश्य रहेको उनले बताए।

‘ओजोन संरक्षण दिवसका अवसरमा हामीले हरेक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै आएका छौं,’ खड्काले भने, ‘विद्यार्थीले कक्षामा सिकेका विषयलाई लेखनमार्फत प्रस्तुत गर्नुका साथै ओजोन तह संरक्षणका उपायबारे समाजमा समेत सचेतना फैलाउन सकून् भन्ने हाम्रो उद्देश्य हो।’

प्रतियोगिताका संयोजक रामचन्द्र अधिकारीका अनुसार उत्कृष्ट हुने विद्यार्थीलाई कलेजले पुरस्कार प्रदान गर्नेछ। विज्ञान संकाय संयोजक नवीनकुमार रायले उत्कृष्ट निबन्ध छनोट गरी आगामी विज्ञान दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा विद्यार्थीलाई पुरस्कृत गरिने बताए।

शिक्षादीप कलेजले पठनपाठनसँगै विद्यार्थीको सिर्जनात्मक तथा अतिरिक्त क्षमता विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। कलेजका निर्देशक भूपेन्द्रकुमार दाहालले यस्ता प्रतियोगिताले विद्यार्थीको लेखन क्षमता, सिर्जनशीलता र विषयवस्तुप्रतिको बुझाइ विस्तार गर्न सहयोग पुग्ने बताए।

कलेजले यसअघि कविता, वक्तृत्वकला लगायतका रचनात्मक प्रतियोगिता सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर