AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मिड टाउनद्वारा जाडोमा विद्यार्थीलाई स्वीटर बितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७७, बिहीबार १७:२१
351
Shares
विराटनगर / मोरङको कोनेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा स्वीटर बितरण गरेको छ । रोटरी क्बल विराटनगर मिड टाउनले आज स्कूल परिसरमा ५० थान जाडोमा लगाउने स्विहीटर बितरण गरेको हो ।

ग्रामिण क्षेत्रमा रहेर अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरि अभिभावकको मन जित्दै आएको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा लगाउने स्वीटर बितरण गरिएको रोटरी क्बल विराटनगर मिड टाउनका अध्यक्ष पुण्य भट्टराईले जानकारी दिए । उक्त क्बलले यस अघि पनि सो स्कूललाई १ सय ५० थान टाइ र बेल्ट वितरण गरेको थियो । ‘सामाजिक कार्य अनुसार हामीले ग्रामिण क्षेत्रका विद्यालयमा सहयोग सामाग्री हस्तान्तरण गरिएको हो,’ क्लबका अध्यक्ष भट्टराईले भने, ‘आगामी दिनमा पनि रोटरी क्बल विराटनगर मिडटाउनले स्कूलमा अध्ययरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै अगाडी बढने छ ।’

भट्टराईले नेतृत्व समालेको रोटरी क्लबले आफ्नो कार्यकाल भरी सामाजिक गतिबिधीको कार्यक्रम गर्ने कार्ययोजना बनाएर अगाडी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर