AArya
animated ellipse animated ellipse

कांग्रेस सधैं पहिचानको पक्षमा छ : डा.कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ माघ २०८०, मंगलवार १७:५४
180
Shares
सुन्दरहरैंचा / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा रहेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैंचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई कांग्रेसले जति कसैले नउठाएको दाबी गरे । “कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,” उनले भने, “पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलिअलि कहींकतै तुष छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ ।” प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने बताए ।

देशमा भ्रष्टाचार मौलाएको बताउँदै नेता कोइरालाले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिए । उनले संघीयदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको दाबी गरे । “सरकारले जनतालाई सुशासनको अनुभूति दिन सकेको छैन,” उनको भनाइ थियो, “सुशासन बिना देशको विकास सम्भव छैन । सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ ।”

भ्रष्टाचार र व्यथितिकै कारण जनता निराश बन्दै गएको नेता कोइरालाले बताए । “पछिल्लो समय युवाहरुमा यो देशमा केही हुँदैन, यहाँ बस्नु बेकार छ भन्ने सोच देखिएको छ,” कोइरालाले थपे, “उनीहरुमा आशा जगाउनु जरुरी देखिन्छ ।”

नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गरे । राजनीतिमा मात्रै नभएर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि अराजकता बढेको उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर