AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका थापा निर्विरोध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०८२, बुधबार १८:१२
108
Shares
विराटनगर / आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कोशी प्रदेश अन्य समूहतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

अन्य समूहतर्फ नेकांका थापाको एकल उम्मेदवारी दर्ता भएको राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ।

निर्वाचनका लागि कोशी प्रदेशको अन्य दलित समूह र महिला महिला समूहको दुई स्थानका लागि चार जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै दलित र महिला समूहतर्फ नेकां र एमाले गठबधन दलकातर्फबाट एमालेका सोम पोर्तेले र रोश्नी मेचेले मनोनयन पत्र दर्ता गराएका छन्।

यसैगरी नेपाली कम्यूनिष्ट पार्टीले दलित र महिला समूहतर्फ खेमराज सुन्दास र नमिता न्यौपानेले मनोनयन दर्ता गरेका छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको १९ रहेको छ ।

कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११४ ( उपनिर्वाचनमा मोरङको ग्रामथान अध्यक्ष गुमाएको), एमालेका ११०, नेपाली कम्युनिष्ट पार्टीका ३९ (तत्कालिन माओवादीका ३२ र नेकपा एसका ७), जसपा नेपाल र राप्रपाका ४/४, श्रम संस्कृति पार्टी एक र स्वतन्त्र दुई जना रहेका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७ ( तत्कालिन माओवादी १३ र नेकपा एस ४), राप्रपाका ६ र जसपा १ सांसद छन् ।

कोशी प्रदेशमा स्थानीय र प्रदेशसहित कांग्रेसको मतभार तीन हजार ७०३, एमालेको ४ हजार २१०, नेकपाको एक हजार ६४२, राप्रपाको ३९४ र जसपा नेपालको ७६, जसपाको ५३, श्रम संस्कृति पार्टीको १९ र स्वतन्त्रको ३८ मतभार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर