animated ellipse animated ellipse

संखुवासभा सामूहिक हत्यामा संलग्न आरोपी सार्वजनिक ,आवेगमा आएर हत्या भएको प्रहरीको भनाइ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ भाद्र २०७८, आईतवार १४:३३
2.12k
Shares
विराटनगर / संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भदौ २१ गते सोमबार विहान तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

शनिबार विहाननै पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय संखुवासभामा हत्या आरोपी २६ वर्षीय लोकबहादुर काकीलाई इलाका प्रहरी कार्यालय चैनपुरमा सार्वजनिक गरेको हो ।

घटनाबारे आज आयोजित पत्रकार सम्मेलनमा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बीसीले अभियुक्त लोकबहादुरले योजना बनाएर नभई आवेगमा आई हत्या गरेको पाइएको बताए । मृतक तेजबहादुरले आफूलाई सधैंंभरि गाली गर्ने, पागल भन्ने, होच्याएर बोल्ने र तैंले कहिल्यै प्रगति गर्न सक्दैनस भन्ने गरेको अभियुक्त कार्कीले प्रहरीसमक्ष बयान दिएका छन् । डीआईजी बीसीले भने, ‘अभियुक्तमा कुण्ठा बढ्दै गएर हत्यासम्म पुगेको देखियो ।’ आफूमाथि गरेको अपमानको बदला लिन सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अन्यको हत्या गरेको बयान उले दिएका छन् । उनले शनिवार विहान घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । आफ्नो टार्गेटमा तेजबहादुर मात्रै रहेको भएपनि उनलाई हत्या गरेको अरुले देखेपछि घटना लुकाउन थप हत्या गरेको उनको भनाइ छ ।

मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । घटनामा परिवारका ७ जनामध्ये आँखा कम देख्ने र कम सुन्ने बोद्धमान मात्र जिवित छन् ।

हत्याको भोलिपल्ट मात्रै अनुसन्धान अधिकारीहरू पुगेपछि शव उठाइएको थियो । अनुसन्धानका लागि आवश्यक प्रमाणहरू जुटाएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो भने प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै खोजी गरेको थियो ।

प्रहरीका अनुसार अभियुक्त लोकबहादुर कार्कीले नातामा काका पर्ने तेजबहादुर कार्की घरबाट निस्किएको आफ्नो शौचालयबाट देखेपछि आक्रमण गर्ने सोच बनाएका थिए । उनले घरनजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकालेर खाल्सीमा पुगेपछि तेजबहादुरमाथि आक्रमण गरेका थिए ।

तेजबहादुरले ‘लोकेले मा–यो, गुहार‘ भन्दै चिच्याएपछि श्रीमती कमला र बुहारी रञ्जना घटनास्थलतर्फ गएका थिएइ । लोकबहादुरले कमला र रञ्जनालाई देखेपछि घटनाको पोल खुल्ने डरले पहिले कमलामाथि चिर्पट प्रहार गरेका थिए । कमला ढलेको देखेर बेहोस भएकी बुहारी रञ्जनामाथि उनले बेहोसी अवस्थामै प्रहार गरेको प्रहरीले जनाएको छ ।

तीन जनामाथि आक्रमण गरेको दुई बालबालिकाले पनि देखेपछि उनीहरूलाई लखेट्दै टाउकोमै लोकबहादुरले चिर्पट हानेका थिए । गुहारको चिच्च्याहट सुनेको र आफूलाई देखेको हुनसक्ने डरले लोकबहादुरले त्यसपछि घरमा पुगेर गाईवस्तुलाई दिन कुँडो पकाइरहेकी पार्वतीमाथि आक्रमण गरेको पाइएको छ ।

प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा लोकबहादुरले उक्त दिन वरिपरि भएका सबैलाई मार्ने योजना बनाएको बताएका छन् । ‘मेरो टार्गेट र रिस भनेको काका मात्रै हुन्, तर मैले हानेको देखेपछि सबैलाई हानेको हुँ । अरूले देखेको भए अरूलाई पनि हान्थे र मार्थेँ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर