खबर पूर्वाञ्चल
नेपाल नगरपालिका संघले आयोजना कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरमा घरायसी, मेडिकल र इलेक्ट्रिक फोहोर उत्पादन हुने भएकाले त्यसको व्यवस्थापन गर्ने गरी काम गरिरहेको सुनाए । तीनवटै क्षेत्रको फोहोर व्यवस्थापन गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो । तीव्र सहरीकरणसँगै फोहोर व्यवस्थापन पनि चुनौती बन्दै गएको मेयर कोइरालाले बताए । “बस्नयोग्य सहर बनाउन पहिला त सरसफाई नै गर्नुपर्ने रहेछ,” उनले भने, “दिसाजन्य फोहोर व्यवस्थापनमा अझै चुनौती देखिएको छ ।”
त्यस्तै मेयर कोइरालाले जनताले स्थानीय सरकारलाई प्रतिपक्षका रुपमा लिने गरेको गुनासोसमेत व्यक्त गरे । उनले स्थानीय सरकारले गरेका कामको समेत जनताले अपनत्वसमेत ग्रहण नगर्ने गरेको दुखेसो पोखे । स्थानीय सरकारसित भएको सीमित स्रोत–साधनले जनताका असीमित इच्छा र चाहना पूरा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । सहरी फोहोर व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षणमा विभिन्न नगरपालिकाका योजना र फोहोर व्यवस्थापन शाखाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा संविधानविद काशीराज दाहाल, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली, बेलबारी नगरपालिकाका मेयर तथा नगरपालिका संघ कोशी प्रदेशका संयोजक डीपी राईलगायतले सहरी फोहोर व्यवस्थापनमा चुनौती देखिएको विचार व्यक्त गरे ।
तपाईको प्रतिक्रिया