AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वीपीको विचार र आदर्श अनुशरण गर्नुपर्नेमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ श्रावण २०८०, आईतवार १८:५१
81
Shares
विराटनगर /वीपी कोइरालाको विचार, आदर्श र सिद्धान्त अनुशरण नगरेकै कारण नेपाली कांग्रेस कमजोर भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

४१ औं वीपी स्मृति दिवसको अवसर पारेर वीपी विचार राष्ट्रिय समाज कोशी प्रदेशले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पछिल्लो समय पार्टीभित्र स्वार्थी समूह र अवसरवादीहरु हाबी हुँदै गएको बताए । उनले वीपीले राष्ट्रियता र प्रजातन्त्रका सन्दर्भमा कसैसित पनि सम्झौता नगरेको उल्लेख गरे । उनले विपीले देखाएको बाटोमा नहिंडेकै कारण चुनावमा अन्य दलहरुसित गठबन्धन गर्नुपरेको चर्चा गरे ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशकी सहमहामन्त्री प्रमिला गच्छदार, विश्लेषक पुरञ्जन आचार्य, प्राध्यापक कविराज न्यौपाने, बलराम पौडेल, नेपाली कांग्रेसका नेता यदु विष्ट, आयोजक संस्थाका अध्यक्ष दीपक लोहनी, सचिव सुनिल सापकोटालगायतले विपीको आदर्श र विचारलाई बोकेर अगाडि बढे नेपाली कांग्रेसले हरेक निर्वाचनमा बहुमत ल्याउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर