RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ४० सहित थप २ सय ७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९ सय १२ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ जेष्ठ २०७७, शुक्रबार १८:०१
3
Shares
काठमाण्डौ / प्रदेश १ मा ४० सहित नेपालमा थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण देखिएको छ ।

आज थपिएका २७८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार, पछिल्लो २४ घण्टामा ४ हजार २३२ जनाको पीसीआर बिधिबाट परिक्षण भएको छ । यस्तै दु्रत बिधिबाट भने ५ हजार १८५ जनाको परीक्षण भएको छ । हालसम्म पीसीआरबाट ८८ हजार ३६६ र १ लाख ३२ हजार ९६६ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ६६ हजार ७ सय ६५ मानिस क्वारेन्टाइनमा बसिरहेको पनि प्रवक्ता देबकोटाले जानकारी दिए ।

थपिएका संक्रमिहरुमा सुनसरीका १७ जना, झापाका १२ जना, मोरङ ६ जना, भोजपुरका ५ जना, अर्घाखाँची १ जना, नवलपरासी २ जना, पाल्पा १ जना, रुपन्देहीका १८ जना, सिन्धुलीका २ जना, बाराका २ जना, तनहुँमा २ जना र कैलालीका ४ जना छन् । यस्तै अछामका १ जना, बझाङका १ जना, डडेलधुराका ५ जना, रामेछापका १७ जना, काभ्रेका ५ जना, दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखा १ जना, रामेछापका १ जना, गोरखाका १ जना र सुर्खेतका १ जना छन् । यसैगरी दाङका १ जना, बाराका १ जना, धनुषाका ४ जना, गुल्मीका १ जना, कपिलबस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौतहटका ६ जना थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर