विराट साहित्य संगमद्वारा तीनजना स्रष्टा पुरस्कृत

खबर पूर्वाञ्चल, २७ कार्तिक २०७८, शनिबार १७:५०

विराटनगर / विराट साहित्य संगमले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ ।

आज विराटनगरमा आयोजित कार्यक्रममा संगमले साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकारहरूलाई नगदसहित पुरस्कृत गरेको हो ।

कार्यक्रममा ५ हजार १ सय राशिको ‘राधादेवी दाहाल स्मृति पुरस्कार’ बेलबारीकी साहित्यकार तीला लेकाली, ५ हजार १ सय राशिकै ‘वैजनाथ–यमुनादेवी भट्टराई स्मृति पुरस्कार’ झापाकी साहित्यकार मीना अधिकारी र २ हजार ५ सय नगद राशिको ‘विराट साहित्य संगम प्रतिभा पुरस्कार’ युवाकवि प्रिन्स प्रमोद ढकाललाई समर्पण गरिएको थियो ।

उनीहरूलाई संगमका संस्थापक अध्यक्षसमेत रहेका अग्रज साहित्यकार बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, पुरस्कारका संस्थापक रामबाबु दाहाल र गोविन्द चापागाईंले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए । सो अवसरमा चूडामणि नेपाल अकिञ्चन, दिङ्लाली कान्छो, लक्ष्मी श्रेष्ठ, विनोद विवश, फणिराज नेपाललगायतले आ–आफ्ना सिर्जना वाचन गरे ।

कार्यक्रममा आयोजक संस्थाका सचिव गोपाल निर्भीक, साहित्यकार लोचन रिजाल, भरत गुरागाईं बर्बरिक, भीम कोइरालालगायतले सम्मानित स्रष्टाहरूको व्यक्तित्व र कृतित्वका विषयमा प्रकाश पारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५