AArya
animated ellipse animated ellipse

प्याब्सन र पोखरीया मावि बीच प्रवेश परीक्षालाई लिएर आरोप प्रत्यारोप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ जेष्ठ २०७७, शुक्रबार २०:०२
45
Shares
तस्वीर : पोखरीया विद्यालयले विहिबार लिएको प्रवेश परीक्षामा परीक्षा दिँदै विद्यार्थी
विराटनगर / विराटनगर–३ मा रहेको पोखरीया माध्यामिक विद्यालयले लकडाउनको अवज्ञा गर्दै विहिबार विद्यार्थी भर्ना परीक्षा लिएको फोटो सार्वजनिक हुँदा समेत स्कूलले परीक्षा नलिएको दावी गरेको छ ।

स्कूलले आज एक विज्ञप्ती निकाल्दै लकडाउनमा परीक्षा नलिएको दावी गरेको हो । स्कूलका व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद गौतम र प्रधानाध्यापक खेमराज भट्टराईले आज संयुक्त विज्ञप्ति जारी गर्दै परीक्षा लिएको भनि आफूहरुमाथि लगाएको आरोप निराधार र कपोलकल्पित भएको स्पष्ट पारेको छन् ।

विज्ञप्तिमा भनिएको छ आफूहरुलाई लकडाउनको समयमा प्रवेश परीक्षा लिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेका छन् । प्रधानाध्यापक भट्टराईले विद्यालयका ‘विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरणको तयारी गरिरहेको समयमा निजि स्कुलका सञ्चालकहरु स्कूलमा प्रवैश गरी शिक्षक, उपस्थित अभिभावक तथा विद्यार्थीहरु समेतलाई आतंकित पार्ने र गाली गलौजमा उत्रिएको बताइरहँदा प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले विद्यार्थीलाई पाठ्यपुस्तक वितरणमा प्रश्नपत्र र कापी दिएर भर्ना परीक्षा दिएको बताए ।

पोखरिया माविले भने प्याब्सनले आरोप लगाएजस्तो गरी लुकिछिपी विद्यार्थी भर्ना गर्नुपर्ने आफूहरुलाई कुनै आवश्यकता नभएको बताइरहँदा विराटनगर प्याब्सनका अध्यक्ष राईले स्कूलका ४ वटा कक्षा कोठामा अनुगमन गर्दा विद्याथीहरुले प्रवेश परीक्षा दिएको पाइएको बताए । म सँग प्रमाण भएकोले यो कुरालाई म जहाँ गएर पनि भन्न सक्ने अध्यक्ष राई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर