AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दमकमा एमाले अध्यक्ष ओलीले बनाएको भ्यूटावर बालेनले सञ्चाल गर्ने प्रतिबद्धता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०८२, सोमबार १८:३६
126
Shares
दमक / झापा ५ मा रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र साह (बालेन)ले दमकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बनाएको भ्यूटावर सञ्चालनमा ल्याउने बाचा गरेका छन् ।

आज झापा ५ को चुनावी वाचापत्र सार्वजनिक गर्दै बालेनले पूर्वाधारतर्फ दमकमा एमाले अध्यक्ष ओलीले बनाएको भ्यूटावर समेत सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘दमकको सभागृह र भ्यूटावर लगायत योजनाहरू उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याइनेछ,’ वाचापत्रमा भनिएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको योजनामा डेढ अर्ब बढि लागतमा बनेको भ्युटावरको उपयोगिता नभएको भन्दै आलोचना हुने गरेको छ ।

दमक ३ मा निर्माण भएको १८ तले भवनलाई एमालेले विजनेश टावर भन्दै आएको छ । यसअघि स्थानीयको अवलोकनको लागि खुल्ला गरिएको टावरमा जेनजी आन्दोलनको आडमा भदौ २४ गते तोडफोड, आगजनी र लुटपाट भएको थियो । त्यसपछि सर्वसाधारणको लागि प्रवेश बन्द गरिएको छ । टावरलाई यसअघि रास्वपाका नेताहरुले भत्काउनुपर्ने अभिव्यक्तिसमेत दिएका थिए । पार्टीका उम्मेदवार बालेनले भने सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर