animated ellipse animated ellipse

प्रदेश १ मा बाढी र पहिरोमा परि ६२ जनाकोे मृत्यु, सवैभन्दा बढी पाँचथरमा २८ जना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ कार्तिक २०७८, बिहीबार १७:४२
846
Shares
विराटनगर / बेमौसमी वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा आज साँझसम्म ६२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवैभन्दा बढी पाँचथरमा २८ जना रहेका छन् । त्यस्तै इलाममा १४, उदयपुरमा २, धनकुटामा ७, सुनसरीमा ८ जना, मोरङ, भोजपुर र सोलुखुम्बसोमा १÷१ रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । उनका अनुसार हालसम्म १३ जना बेपत्ता रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको छ । जसमा पाँचथरमा ६, इलाममा १, मोरङमा ३ र सुनसरीमा ३ गरि १३ जना बेपत्ता रहेका छन् ।

मृत्यु भएका मध्ये ५३ जनाको पहिचान खुलेको छ । ९ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जसमा २६ पुरुष, १७ महिला, ७ बालक र ३ बालिका बाढी र पहिरोमा परेर मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर