खबर पूर्वाञ्चल
विराटनगर २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पो मोरङ व्यापार संघले आयोजना गरेको हो ।
आज पत्रकार सम्मेलन गरी एक्स्पोको सम्पूर्ण तयारी पुरा भएकोले दश दिनसम्म संचालन हुने उक्त एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
संघका अध्यक्ष नविन रिजालले एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न ४ करोड रुपैयाँ खर्च हुने र ४ लाख भन्दा बढीले एक्स्पोको अवलोकन गर्ने जानकारी दिए ।
एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरेर २ सय ४० भन्दा बढी स्टल रहने र एक्स्पो अवधिभर ११ दिनमा १० करोड भन्दा बढीको कारोबार हुने अध्यक्ष रिजालले बताए । एक्स्पोमा आइफिल टावर पनि रहने उनले बताए । ‘यो आइफिल टावर ७० फिट अग्गो हुन्छ । यो आफैमा नौलो हो । आइफिल टावर हेर्ने र यसमा फोटो खिच्नेको भिड लाग्नेछ । सेल्फी स्टेन हुनेछ । जहाँ बसेर मेलामा आउने अवलोकनकर्ताहरुले नर्धिक्क भएर फोटो खिच्न पाउँनेछन्,’ उनले भने । एक्स्पोमा चिल्डेन पार्क पनि रहने उनले बताए । ‘जहाँ मेलामा आउने साना बालवाकिालहरुले दिनभरी रमाइलो गर्ने वातावरण हामीले बनाउने छौं,’ अध्यक्ष रिजालले बताए ।
एक्स्पोमा फेशन शो, गायन र नृत्य प्रतियोगिता हुनेछ । यसमा विभिन्न स्कुलमा अध्ययरत विद्यार्थीहरुले भाग लिनेछन् । बिजेताले नगद एक लाख पाउने उनले बताए ।
संघका उपाध्यक्ष तथा एक्स्पो संयोजक अनिल साहले एक्स्पोमा इटहरीको पाँच तारे सोल्टी होटलको खाना खाने स्टल पनि रहेको बताए ।
पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको भरपुर फाइदा उठाउन कोशी प्रदेशवासीलाई संयोजक साहले आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया