विएचएम पहिलो सेमेष्टरमा एम्सकी प्रेक्षा बनिन् प्रदेश प्रथम

खबर पूर्वाञ्चल, २१ भाद्र २०७८, सोमबार १८:०१

विराटनगर / विराटनगर–९, कलेज रोडमा सञ्चालित एम्स कलेजले आफ्नो शैक्षिक गुणस्तरको उत्कृष्टतालाई निरन्तरता दिन सफल भएको छ । एकपछि अर्काे गर्दै शैक्षिक उत्कृष्टता कायम राख्दै आएको एम्स कलेजकै छात्रा प्रेक्षा पौडेल विएचएम (ब्याचलर अफ होटल मेनेजमेन्ट) को पहिलो सेमेस्टरमा प्रदेश १ कै प्रथम भएक छिन् ।

त्रिभुवन विश्वविद्यालयको विएचएम पहिलो सेमेस्टरको परिक्षामा पौडेलले ३.७७ जिपीए ल्याउँदै प्रदेशकै प्रथम भएकी हुन् । गत शुक्रबार प्रकाशित परिक्षाफल अनुसार उनीसँगै पहिलो सेमेस्टरमा एम्स कलेजका अधिकांस विद्यार्थी उत्तिर्ण भएका छन् । पहिलो सेमेस्टरमा १८ जनाले परिक्षा दिएका थिए । यस्तै विएचएमकै तेस्रो सेमेस्टरमा पनि एम्स कलेजले उत्कृष्ट नजिता ल्याएको छ । १० जना परिक्षार्थी मध्ये ७ जना उत्कृष्ट अंककासाथ उत्तिर्ण भएको क्याम्पस प्रमुख सीएम बस्नेतले बताए । यसअघि विएस्सी सिएस आईटीको पहिलो सेमेष्टरमा पनि ५ जना विशिष्ट श्रेणीसहित प्रदेशकै सवैभन्दा राम्रो नतिजा एम्स कलेजले ल्याएको थियो । विएस्सी सिएसआईटीमा २३ जना विद्यार्थीले परिक्षा दिँदा १८ जना पास भएका थिए, जुन प्रदेशकै उत्कृष्ट नतिजा थियो । यसअघि पनि विएस्सी सिएसआईटीमा २०७१ र ०७२ सालमा लगातार प्रदेश प्रथम भएको थियो ।

‘सिकाई र कमाई सँगसँगै’ भन्ने नाराका साथ अघि बढेको एम्स कलेजले सैद्धान्तिक तथा व्यवहारिक शिक्षालाई जोड दिँदै आएको छ । अत्याधुनिक संरचनासहित सञ्चालनमा रहेको एम्स कलेजले विषय अनुसार अध्यापन गराउनकालागि आवश्यक सवै भौतिक पूर्वाधारहरु निर्माण गरेको छ । प्रयोगात्मक सिकाईका लागि आफ्नै क्याम्पस परिसरमा बेकरी उद्योग र कफी हाउस सञ्चालन ल्याएको एम्स कलेजले चाँडै नै विएचएम र विएस्सी सिएसआईटीका विद्यार्थीलाई लक्षित गर्दै उद्योग चलाउने तयारी थालेको छ । एम्स कलेजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विएस्सी सिएसआईटीसँगै विविएस, विएचएम र विएका बिषयहरु अध्यापन गराईन्छ ।

पछिल्लो समय एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत रहेर सञ्चालन भइरहेको यो कलेजले भौतिक पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरको बनाउँदै लगेको छ । एभरेष्ट एजुकेशन फाउण्डेसनका निर्देशक टिकाराम पुरीले क्याम्पसका प्राध्यापकहरु, विद्यार्थी, अभिभावक सवैको मेहेनतले मात्र उत्कृष्टता हासिल हुने बताए । ‘हाम्रा शिक्षणसंस्था अन्तर्राष्ट्रियस्तरका हुनुपर्छ र हाम्रा विद्यार्थी विश्वबजारमा सहजै प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो’ उनले भने,‘ यसकालागि हामी कुनै कसर छाड्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५