खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका १ का २५ बर्षीय राजेश चमार रजक र हनुमान कंकालिनी गाउँपालिका २ का २५ बर्षीय राजेशकुमार रजक रहेका छन् ।
साउन १९ गते राती इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लु. ९२ प २३८० नम्बरको मोटरसाईकल पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान बरामद गरे संगै मोटरसाईकल चालक राजेशकुमार रजक समेतलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ।