खबर पूर्वाञ्चल
फाल्गुनन्दको १३९ औँ जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले फाल्गुनन्दको कार्यको प्रेरणा प्राप्त हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको बताए ।
‘हाम्रो देश धार्मिक, सामाजिक र सांस्कृतिक विविधताले युक्त छ । महागुरु फाल्गुनन्दका उपदेश र मार्गदर्शन सर्वदा शाश्वत, सार्वभौम र सार्वजनीन रहिआएका छन् । हामीले आफ्ना जीवनमा यी उपदेश र मार्गदर्शनको परिपालन गर्नसके समाज र राष्ट्रमा समन्वय, एकता, सहिष्णुता र सद्भाव चिरस्थायी हुने कुरामा शङ्का छैन । उहाँले समाजसुधारका निम्ति १९८८ वैशाख २४ मा स्थापना गर्नुभएको ‘सत्य धर्म मुचुल्का’को नीतिलाई विश्व समुदायले अनुसरण गरिरहेको छ ।’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
महागुरु फाल्गुनन्दले किराँत भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिमा पु¥याउनुभएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।