खबर पूर्वाञ्चल
प्रेस खबर मिडिया प्रालिद्धारा सञ्चालित अनलाईनको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले शुभारम्भ गरे।
विराटनगर ८ मा कार्यालय रहेको अनलाईनको आजदेखि औपचारिक रुपमा शुरुवात गरिएको संस्थाका अध्यक्ष सुनिल यादवले बताए ।
अनलाईन शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष खड्का, कोशी प्रदेशका पूर्व मन्त्री जयराम यादव, विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम पोखरेल, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देलले संसारी खबर अनलाईनको सफलताको शुभकामना दिए।