AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अन्नपूर्ण राठी केवल इन्डस्ट्रीज लिमिटेडको नयाँ अवधारणमा एसिएसआर कभर गरिएको कण्डक्टर आउँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ बैशाख २०८३, शनिबार १६:४७
3
Shares
विराटनगर / हाइड्रोपावर तथा उर्जाक्षेत्रको विकाससँगै बढ्दो वन विनाश र वातावरणीय असरलाई ध्यानमा राख्दै अन्नपूर्ण राठी केवल इन्डस्ट्रीज लिमिटेडले ट्रान्समिशन लाइन विस्तारमा नयाँ अवधारणा अघि सारेको छ।

कम्पनीले परम्परागत एसिएसआर नाङ्गो कण्डक्टरको सट्टा एसिएसआर कभर गरिएको कण्डक्टर प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएको हो।

हाइड्रोपावर आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि जंगल क्षेत्र हुँदै लाइन तान्दा ठूलो मात्रामा रूख कटान हुने गरेको छ। यसले जैविक विविधता, वन्यजन्तुको आवास, र समग्र वातावरणीय सन्तुलनमा नकारात्मक असर पार्दै आएको छ। यस्तो अवस्थालाई न्यूनीकरण गर्न ढाकिएको कण्डक्टर प्रयोग प्रभावकारी विकल्प हुन सक्ने कम्पनीको तर्फबाट प्रोजेक्ट मेनेजर सन्तोष सापकोटाको बताए।

कम्पनीका अनुसार ढाकिएको कण्डक्टर प्रयोग गर्दा तारमा इन्सुलेसन हुने भएकाले रूखका हाँगासँग सम्पर्क हुँदा पनि सर्ट सर्किट हुने जोखिम कम हुन्छ। यसले प्रसारण लाइनको लागि आवश्यक “बाटोको अधिकार” घटाउँछ र वन विनाश न्यून गर्न मद्दत पुर्‍याउँने कम्पनीले जनाएको छ।

साथै यस्तो प्रविधिले विद्युत् आपूर्तिको भरपर्दोपन बढाउने, हावाहुरी वा प्राकृतिक कारणले हुने लाइन ट्रिपिङ घटाउने, र आगलागीको जोखिम कम गर्ने जस्ता फाइदाहरू पनि प्रदान गर्ने बताइएको छ। यद्यपि, ढाकिएको कण्डक्टरको प्रारम्भिक लागत केही बढी हुने र प्राविधिक दक्षता आवश्यक पर्ने चुनौतीहरू पनि रहेको कम्पनीले स्वीकार गरेको छ। तर दीर्घकालीन रूपमा हेर्दा यो प्रविधि वातावरणीय संरक्षण र दिगो ऊर्जा विकासका लागि उपयुक्त विकल्प हुने कम्पनीका प्रमुख श्याम राठीको दाबी छ।

ऊर्जा क्षेत्रका विज्ञहरूले पनि यस्तो पहललाई सकारात्मक रूपमा लिँदै, भविष्यमा नेपालमा “ग्रीन ट्रान्समिशन” को अवधारणा लागू गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर