AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङका १७ वटै स्थानीय तहले ल्याए बजेट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ असार २०७८, शुक्रबार १८:१२
855
Shares
विराटनगर/ मोरङका १७ वटै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट निर्धारित अवधिमै ल्याएका छन् ।

यसअघिका असार १० गतेभित्र सवै पालिकाको बजेट आउने गरेको थिएन । आगामी आर्थि वर्षको बजेट भने सवैले कानुनी व्यवस्था अनुसारको समयमा ल्याउन सफल भएका छन् ।

असार १० गतेको समय अवधि भित्रै मोरङ सवै स्थानीय तहहरूले नीति, कार्यक्रम र बजेट ल्याएका हुन । कतिपय स्थानीय तहहरुले असार १० अगावै नीति तथा कार्यक्रम र बजेट नगर तथा गाउँ सभामा पेश गरिसकेका थिए ।
मोरङमा विराटनगर महानगरपालिकाले सवैभन्दा बढी ४ अर्व १० करोड र ग्रामथान गाउँपालिकाले सवैभन्दा कम ४४ करोडको बजेट ल्याएको छ ।
कुन स्थानीय तहले कति बजेट ल्याए

मोरङको विराटनगर महानगरपालिकाले ४ अर्व १० करोड ३ लाख ३८ हजार, सुन्दरहरैचा नगरपालिकाले २ अर्व १५ करोड १२ लाख ७ हजार १ सय, बेलबारी नगरपालिकाले १ अर्व ३५ करोड ७० लाख ४६ हजार, पथरीशनिश्चरे नगरपालिकाले ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४, लेटाङ नगरपालिकाले ९० करोड ८६ लाख २७ हजार, उर्लाबारीले ८५ करोड ७४ लाख, ३४ हजार ६ सय ८०, रंगेली नगरपालिकाले ७१ करोड ७८ लाख ४५ हजार ९२२, रतुवामाई नगरपालिकाले ६७ करोड ४५ लाख ५२ हजार ९१०, सुनबर्षीले ५८ करोड ५३ लाख ७३ हजार १३० को बजेट पेश गरेका छन् ।

त्यसैगरि केराबारी गाउँपालिकाले ८० करोड ८९ लाख ६४ हजार, कानेपोखरीले ७६ करोड ९७ लाख ३० हजार ३४१, मिक्लाजुङ गाउँपालिकाले ७० करोड ७१ लाख ८० हजार, बुढीगंगाले ५६ करोड ३२ लाख १९ हजार ४८०, धनपालथान गाउँपालिकाले ४८ करोड १५ लाख १२ हजार ७९०, जहदाले ४७ करोड ७५ लाख १० हजार, कटहरीले ४४ करोड ९९ लाख ३२ हजार ६ सय, ग्रामथानले ४४ करोड २ लाख ५८ हजार ४४० बराबरको बजेट ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर