पूर्वाञ्चल खबर
कोरोनाका कारण युएईमा उद्घाटन भएको १३ औं संस्करणको आईपीएलको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई चेन्नाईले ५ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो । चैन्नईविरुद्ध मुम्बई ५ खेलमा अपराजित रहेको थियो । १०१९ मा दुई विच भएको पार्चै खेलमा मुम्बई विजयी भएको थियो । गएराती युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियम दुबईमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ दमलवब २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । कमजोर सुरुवात गरेको चेन्नईको जितमा अम्बाती रायाडु र फाप डु प्लेसिसले इनिङ उकास्तै नायक बनेका थिए । २ ओभरमा ६ रनमा २ विकेट गुमाएको स्थीतमा यी दुईले सतकिय साझेदारी गर्दै चेन्नईको जितको आधार बनाएका थिए । अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खल्दै जितसम्म पुर्याएका थिए । साम करनले १८ रन तथा रबिन्द्र जडेजाले १० रन जोडे । मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, कुनाल पाण्डेय र राहुल चाहरले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रनको मध्यम स्कोर बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउँदा क्विनटन डी ककले ३३ रन बनाए । केइरन पोलार्डले १८ रन जोडे । यस्तै कप्तान रोहित शर्मा १२ रन , सूर्यकुमार यादव १७ रन तथा हार्दिक पाण्डेयले १४ रन बनाए । चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिँदा रविन्द्र जडेजा र दिपक चाहरले २–२ विकेट लिए भने साम करण र पियुस चावालाले १–१ विकेट लिए ।
आजको खेल नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल र किङ्स इलेभेन पञ्जावविच नेपाली समय ८ बजे शुरु हनेछ ।