RUMPUM
animated ellipse animated ellipse

३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइयो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०७७, शनिबार १९:३४
3
Shares
विराटनगर / यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर आज काठमाडौं ल्याइएको हो ।

खड्कालाई काठमाडौंबाट विराटनगर ल्याइने छ । खड्का विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएकाले थुनछेक बहसका मोरङमा ल्याइनेछ ।

काठमाडौं ल्याइएपनि मोरङ पठाउने बारे टुंगो भइसको छैन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार विराटनगर पठाउने बारे मोरङमा तत्काल कुनै जानकारी छैन् ।

खड्कासहित ७५ जना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता भएको छ ।

उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए ।

नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो । पछिल्ला वर्षहरुमा मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेती मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर