खबर पूर्वाञ्चल
झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको छ ।
उदयपुरको बेलका नगरपालिका–४ घर भएकी अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको जानकारी डीएसपी दाहालले दिए ।