पूर्वाञ्चल खबर
प्रदेश प्रमुख सोमनाथ अधिकार ‘प्यासी’ले प्रस्ताव आह्वान गरेलगत्तै गठबन्धनले ४९ जना सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेको हो । नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाण्डौमा रहेको कारण उनको हस्ताक्षर छैन ।
आज दिउँसो प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै प्यासीले मङ्गलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण भोली दिउँसो हुनेछ । मुख्यमन्त्रीको सपथ लिएर सानो आकारको मन्त्रिपरिषद् पनि तत्काल गठन गर्ने तयारी गरेको बुझिएको छ ।