AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश ऐतिहासिक सभ्यताको सुरुवात भएको प्रदेश हो : प्रधानमन्त्री ओली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ फाल्गुन २०८१, मंगलवार १८:०७
72
Shares
विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश ऐतिहासिक सभ्यताको सुरुवात भएको प्रदेश रहेको बताएका छन् ।

आज कोशी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इतिहास र पूर्खाहरु प्रति गौरव गर्नु पर्ने भन्दै हामीले यो भूगोल प्रति गौरव गर्नु पर्ने बताए ।

प्रदेशको मुख्य नदी कोशी रहेको र यसले सबै क्षेत्रलाई समेट्ने उनले बताए । प्रदेश नामाकरणको विवादका विषयमा नबोल्ने सहमति पछि प्रतिपक्षी दलहरु सहभागी भएको यो बैठकमा कोशी नदीको पौराणीक र भौगोलिक महत्व प्रस्ट्याएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रदेशका हलेसी, पाथीभरा जस्ता तीर्थस्थलहरु, बर्जु ताल, किचकबध द्वापरयुगसँग सम्बन्ध रहेको भन्दै प्रदेशको ऐतिहासिकतामा गर्व गर्नु पर्ने बताए । उनले कोशी किनारमा भगवान शिवले ज्ञानको पहिलो ज्योति छरेको भन्दै यसमा भ्रम छर्न नहुने बताए ।

प्रधानमन्त्री ओलीले भगवान शिवले सप्तऋषिहरुलाई ज्ञानको प्रकाश दिएको बताए । कोशी किनारमा नै बसेर तपस्या गरेको कारण विश्वमित्र ऋषिको नाम कौशिक ऋषि रहेको भन्दै ऋषिको नामबाट नदीको नामाकरण भएको भ्रममा पर्न नहुने बताए ।
प्रधानमन्त्री ओलीले व्यवस्थाविरुद्ध पनि आवाज उठ्न थालेको भन्दै उनले योभन्दा राम्रो प्रणाली के हो भन्ने प्रश्न गरेका छन् । उनले राम्रो प्रणालीका लागि सरकार तयार रहेको बताउँदै लोकतान्त्रिक प्रणालीको बाटोबाट नै अघि बढ्ने बताए ।

अहिले शान्ति र एकता चाहिएको बताउदै प्रधानमन्त्री ओलीले विविधतायुक्त देश भएकोले यसमा एकता हुनुपर्ने र यही नै सम्पन्नता भएको उल्लेख गरे । यति सानो देश यति विविधतायुक्त छ । यसमा एकता पनि छ । पहिले विभेद थिए । राजनीतिक प्रणालीले नै विभेद हुर्काएको थियो । अहिले हामी त्यो प्रणालीमा छैनौँ । जनतन्त्रमा छौं उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर