ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खेलकुद महासंघ इनरूवा अध्यक्षमा बस्नेत निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ श्रावण २०८१, आईतवार १९:१६
198
Shares
विराटनगर / नेपाल खेलकुद महासंघ इनरूवा नगर कमिटीको अध्यक्षमा सरोज बस्नेत निर्वाचित भएका छन् ।

इनरूवामा सम्पन्न महासंघको दोस्रो नगर अधिवेशनबाट बस्नेत अध्यक्षमा निर्वाचितभएका हुन् ।

नगर कमिटीको उपाध्यक्षमा रिवाज निरौला , इन्दु भट्टराई , सचिवमा कमल उपाध्याय , उपसचिवमा शर्मिला निरौला र नविन चौधरी र कोषाध्यक्षमा सवित्रा घिमिरे निर्वाचित भए ।

त्यस्तै , २० सदस्यीय कमिटीमा १३ जना सदस्य पदमा निर्वावित भएको खेलकुद महासंघ सुनसरीका संयोजक विकल पौडेलले जानकारी दिए।

अधिवेशनलाई सम्बोधन गर्दै खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले नगरकमिटीलाई महासंघको ु एक कमिटी , एक खेल गतिविधि ु , ु एक कमिटी , एक रचनात्मक गतिविधि ु पालना हुने गरि काम गर्न निर्देशन दिए।

बस्नेतले प्रदेश खेलकुद बोर्डको सदस्य सचिवको रूपमा कोशी प्रदेशका १४ वटै जिल्लामा समूलरूपमा खेलकुद क्षेत्रको विकासमा प्रभाव पार्ने गरि काम गरिरहेको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर