खबर पूर्वाञ्चल

मृतककी श्रीमान महेश्वर पोखरेलको जाहेरीमा मोरङ अदालतमा संविधानको धारा ४२ (२),उपभोक्ता संरक्षण ऐनको दफा ३ को ५० र ५१ बमोजिम क्षतिपूर्ति मागेको छ । पाँच करोड रुपैयाँ क्षतिपूर्तिमार्फत विपक्षीबाट असुलउपर हुनुपर्ने मागदाबी फिरादपत्रमा गरिएको छ ।अदालतले पीडित परिवारलाई जेठ ६ गते तारिख दिएको छ ।
गत माघ १० गते सुनसरी इनरुवाकी विमला थापा पोखरेललाई सामान्य श्वासप्रश्वासको समस्या देखिएपछि नोबेल हस्पिटलको ओपीडिमा आएकी थिइन् । त्यसपछि उनलाई हस्पिटलमा भर्ना गरियो । नोबेल मेडिकल कलेजका प्रचार्य समेत रहेका डा. रामहरि घिमिरेले बिरामीको ढाडको दुखार्इ पनि निको पारिदिन्छु भनी उपचार गर्दा बिरामी आमाको माघ २१ गते मृत्यु भएको छोरा सुशान्त रमन पोखरेलको भनाई छ ।
‘मोर्फिन’ नामक औषधि हाइडोज दिएको कारणले आमाको मृत्यु भएको उनको आरोप छ । ‘आमालाई आवश्यक भन्दा बढी औषधी दिएकोले मृत्यु भएको स्वास्थ्य क्षेत्रका चिकित्सकहरुले भनेका छन् । उपचारमा गम्भिर लापरवाही भएको छ,’ विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने ।