पूर्वाञ्चल खबर
आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन् । ् कार्यवाहक अध्यक्ष भुषालले निर्वाचनका लागि राजनीतिक सहमति हुन नसकेको बताए । निर्वाचन सवैले चाहेको भएपनि राजनीतिक सहमति विना निर्वाचन संभव नभएको उनको भनाई छ ।
निर्वाचनका लागि वातावरण बन्दै गएपनि राजनीतिक सहमति हुन नसकेको उनले बताए। निर्वाचनले मात्रै मुलुक र संविधानलाई ट्रयाकमा ल्याउने उनको भनाई छ ।
नेता भुषालले नयाँ राजनीतिक दल र तिनका नेताहरु विचारहीन भएको टिप्पणी समेत गरे । उनीहरुमा पद, व्यक्ति र सिट बाहेक राष्ट्रविकासको कुनै एजेन्डा नभएको उनले बताए।
नेता भुषालले भने,‘ उनीहरु कम्पास विहिन जहाज चलाउन खोजेका छन् ।’ नयाँ राजनीतिक दलका नेताहरु पुराना नेताहरुको दोश्रो संस्करण भएको उनले बताए।
नेता भुषालले जेनजीको भावना ‘हाईज्याक’ भएको बताए । जेनजी आन्दोलनपछि मुलकलाई बर्बादी पार्नेहरुले नेतृत्व छाड्नुको साटो धमाधम फर्किएकाले जेनजीको भावना हाईज्याक भएको उनले बताए। उनले भने,‘जेनजी आन्दोलनले पार्टीहरुमा सुधार हुने अपेक्षा थियो । त्यो हुन सकेन । जसले हिजो बर्बाद गरे उनीहरुनै नेतृत्वमा फर्कदै छन् ।’
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डले नेतृत्व छाडे कम्युनिष्टहरु एक हुने उनको दावी छ । ओली र प्रचण्डले नेतृत्व विगारेको भन्दै उनले भने,‘ नयाँको आवस्यकता नै थिएन । पुराना लिडरसीपका कारण नयाँको खोजी भएको हो ।’ दुई जनाले छाडेका दिन कम्युनिष्टहरु एक हुने उनले बताए।