विराटनगर / हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा अर्किड कलेज र सगरमाथा कलेज तथा फुटबलमा मोर्डन एरा कलेज र सिटी कलेज विजय भएका छन् ।
आज वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई १५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १८ ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट ९१ रनको सामान्य योगफल तयार पारेको थियो । जस्मा राजा कामतले सर्वाधिक १९ रन बनाए । भानुका सुवास राँयले ३ विकेट लिए ।
जवाफमा ९२ रनको सामान्य योगफ पछ्याएको भानुले १३ दशमल ३ बलमा सवै विकेट गुमाई ७६ रनमा सिमित भयो । जस्मा दिपेश गोल्छाले सर्वाधिक १५ रनको यागदान दिए । अर्किडका म्यान अफ द म्याच यूवराज मगरले १ दशमलव ३ बलमा ६ रन दिएर ४ विकेट लिए ।
जवाफमा ७८ रनको सामान्य योगफल पछ्याएको समगमाथाले १६ दमशलव ३ बलमा ७ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जस्मा सुजित यादवले २६ रनको योगदान दिए । लर्डबुद्धका राकेश ठाकुरले २ विकेट लिँदा एलेक्स थापा र दिपेन्द्र शर्माले २–२ विकेट लिए ।
आजै विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा मोर्डन एराले ग्रामथानको बुद्ध मेमोरिल कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । मोर्डन एरोका म्यान अफ द म्याच नविनकुमार माझीले खेलको एक मात्र निर्णयक गोल गरे ।
दोस्रो खेलमा सिटी कलेजले सेन्ट जोसेफ कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । सिटीका म्यान अफ द म्याच सन्दिप राई निर्णायक गोल गरे
तपाईको प्रतिक्रिया