पूर्वाञ्चल खबर
विराटनगरका विराटेश्वर बृद्धाआश्रम, मानव सेवा आश्रम र महिला जागृती केन्द्रका बृद्धबृद्धालाई फलफूल र विहानको खाना खुवाईएको सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिए । उनका अनुसार महिला जागृती केन्द्रका आश्रित बृद्धाहरुलाई विहानको खाना र विराटेश्वर बृद्धाआश्रम र मानव सेवा आश्रममा फलफूल वितरण गरिएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, सामाजिक विकास महाशाखा प्रमुख बराललगायतको उपस्थिति रहेको थियो ।