पूर्वाञ्चल खबर
आज समाजले र १,२,३ र ११ को समिती गठन गरेको छ । वडा १ मा पुष्पकुमार साहको अध्यक्षतामा ११ जना पदाधिकारीहरुको र वडा २ र ३ को संयुक्त समितिमा निसान्तकुमार साहको अध्यक्षतामा ११ जनाको कार्य समिति र ११ अध्यक्षमा बुद्धिलाल साहको अध्यक्षतामा १३ जना कार्यसमित गठन गरेको छ ।
वडा १ को उपाध्यक्षमा सन्जितकुमार साह, सचिवमा संजय साह, सह–सचिवमा द्वारिकाप्रसाद साह , कोषाध्यक्षमा सरित साह, र सदस्यहरुमा विजय साह, मिलन साह, प्रमोदकुमार साह, चन्द्र किसोर साह र अन्य २ जना मनोनित गर्ने गरि गठन गरिएको छ ।
वडा २ र ३ को संयुक्त समितिका उपाध्यक्षमा खषेश्वरप्रसाद साह र सचिवमा ललन साह चयन भएको छ । अन्य पदाधिकारीहरु पछाडि मनोनित गरिने अध्यक्ष निसान्तले बताए ।
वडा ११ को समितिको उपाध्यक्षमा भोला साह, सचिवमा नारायण साह, सह–सचिवमा (महिला मनोनित गर्ने), कोषाध्यक्षमा अभिषेक साह, र सदस्यहरुमा रामजी साह, शिबु कुमार साह, बैजुकुमार साह, आकाश साह, भरत साह, कुमार साह, अमोदकुमार साह र मनोजकुमार साह रहेका छन् ।
जेठ १५ मा सञ्जय साहको संयोजकत्वमा महानगर अधिवेशन तयारी समिति (तदर्थ समिति) गठन लगतै समाजले विराटनगरका वडा अधिवेशनहरुमा सक्रियता थपेको छ ।
श्रावण महिनामा सबै वडा समिति बनाएर नगर अधिवेशन गराउने तर्दथ सकितिका सदस्य सचिव जगतलाल साहले बताए । यस अघि वडा ५ मा सुरेश साह, वडा ६ मा रामप्रसाद साह, वडा ८ मा अलिपचन साह(सुरज), वडा १० मा सज्जन साह, वडा १२ मा सत्यनारायण साह र वडा १४ मा देवनारायण साहको अध्यक्षतामा वडा समिति गठन गरिसकेको तदर्थ समितिका संयोजक सञ्जय साहले बताए ।
जनगणना २०७८ का अनुसार विराटनगर महानगर पालिकामा तेली कुल ७ हजार ७ सय ५७ जनसंख्या रहेको छ ।