स्वास्थ्यका लागि बजेट १ खर्ब २२ अर्ब ५० करोड विनियोजन

खबर पूर्वाञ्चल, १५ जेष्ठ २०७८, शनिबार १७:०४

काठमाण्डौ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–७९ को बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७८–७९ सालको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् । सरकारले निशुल्क खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

कोरोना सङ्क्रमितको उपचारका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ५३ करोड बजेट विनियोजन गरेको उनले बताए ।

· औषधि खरिदका लागि ५ अर्ब ६० करोड

· राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शय्याको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड

· स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड

· स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो

· स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन ७ अर्ब ५० करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५