AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङको केराबारीमा करेन्ट लागेर युवाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ बैशाख २०७९, शनिबार १९:४३
207
Shares
विराटनगर/ मोरङको केराबारी गाउँपालिका ८ मा रहेको महादेव क्रसर उद्योगमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

केराबारी ८ का २३ वर्षिय टंकबहादुर लिम्बुको शुक्रबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

दुई वर्षदेखि क्रसर उद्योगमा काम गर्दै आएका लिम्बुलाई करेन्ट लागेको थियो । घाइते लिम्बुलाई धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

मृतकका आफन्तहरूले उद्योगको लापरबाहीको कारणले मृत्यु भएको भन्दै शव बुझन मानेका छैनन । ‘उद्योगको लापरबाहीको कारणले काकाको मृत्यु भएको छ,’ मृतकका भतिज प्रवेश लिम्बुले भने, ‘उद्योग संचालकलाई कारवाहीको दायारमा ल्याउनुपर्दछ र मृतक परीवारलाई क्षतिपूर्ती दिनुपर्दछ ।’ मृतकका श्रीमति र दुई छोरी रहेका छन् । कक्षा ५ र ७ कक्षामा अध्ययन गर्दै आएका छोरी छन् । उनीहरूको उच्च शिक्षा अध्यापन गराइदिनुपर्ने उनीहरूको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर