गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले माग सुनवाइ गरिनुपर्ने नभए आत्मदाह गर्ने भन्दै ती युवा १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् । उनी आज विहान ६ बजे चढेको स्थानीयले जानकारी दिएका छन् ।
‘अहिले पनि दुहबीबाट झापाको दमक तिर गएको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन्,’ बुढीगंगा ७ का वडाअध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन् । वडाअध्यक्ष थारुका अनुसार बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा अहिले रिटेनिङ वाल निर्माण भइरहेको छ । त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवाको माग थियो । गुणस्तरमा प्रश्न उठाउँदै युवा प्रसारण लाइनको टावरमा चढेका हुन् ।
तपाईको प्रतिक्रिया