खबर पूर्वाञ्चल
प्रदेश १ का विराटनगर, बेलबारी, धरान, दमक,ओखलढुङ्गालगायतका क्षेत्रमा बृक्षारोपण गरेको नेपाल स्काउट प्रदेश १ तदर्थ समितिका संयोजक रवि खनालले जानकारी दिए । बेलबारीमा विरुवा रोप्दै स्काउटका संरक्षकसमेत रहेका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्काउटको कामको प्रशंसा गरे । स्काउट बेलबारीका संयोजक बादल देवानका अनुसार बेलबारी र सुन्दरहैचामा पनि बृक्षारोपण गरी स्काउट स्थापना दिवस मनाइएको छ ।