AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सिंघिया नदी आरती सञ्चालनवाट नेपाली समुदायबीच सद्भावको सन्देश प्रभाव हुन्छ– मुख्यमन्त्री कार्की 

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ श्रावण २०८१, शुक्रबार २२:३०
117
Shares
विराटनगर /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले  नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताएका छन् ।
विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर –१ परोपकारधाममा  आज साँझदेखि शुरु गरिएको सिंघिया नदी आरतीको शुभारम्भ गर्दै  मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।  प्रदेश सरकारले यो आरती ३६५ दिन नियमित सञ्चालनका आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत उनले व्यक्त्त गरे ।
मुख्यमन्त्री कार्कीले यस परोपकारधाम घाटको आवश्यक जीर्णोद्धार एवं थप भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने बताए । उनले यस क्षेत्रमा आरती सञ्चालनले धार्मिक पर्यटकको आगमनमा समेत वृद्धि हुने बताए ।
धाममा शुक्रबारदेखि सोमबारसम्म हरेक दिन साँझ  ५ः३० वजे आरतीको कार्यक्रम हुने आरती सेवाका सल्लाहकार एवं रासस सञ्चालक समितिका सदस्य शंकर खरेलले जानकारी दिए । उनले चार दिनको महाआरती कार्यक्रम पछि हरेक शुक्रबार साँझ नियमित रुपमा आरती कार्यक्रम गरिने बताए ।
४५ मिनेटको आरती कार्यक्रमका लागि  १५० महिला भजन मण्डलीको सहभागी रहेका थिए । सिंघिया आरती कार्यक्रमका लागि पण्डित गोकुल भण्डारीको नेतृत्वमा पाँच जनाले नियमित अभ्यास गरिरहेका छन्  ।  आरती सेवा सञ्चालनका लागि २५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर