AArya
RUMPUM
animated ellipse animated ellipse

मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ जेष्ठ २०८२, बुधबार २०:२३
126
Shares
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजनामा र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित‘ कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को आज दोस्रो दिन विराटनगर जुटमिलको खुल्ला चौरमा आयोजित भूकम्प तथा आगलागी जोखिम न्यूनिकरण पूर्वअभ्यासको अवसरमा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनका नकारात्मक असर र विकास निर्माणको क्रममा कमजोरी एवं त्रुटिका कारण विपद् व्यवस्थापनको ठूलो जोखिम रहेको बताए । उनले स्थानीय निकाय, राष्ट्र सेवक कर्मचारी र सुरक्षा निकाका लागि विपद् न्यूनिकरण गर्ने कार्य पहिलो चुनौती रहेको छ भन्दै विगत पाँच÷सात वर्षको आफ्नो अनुभवबाट यो देखिएको बताए ।

मुख्यमन्त्री कार्कीले विपद्को समयमा जनताको जीउधनलाई प्राथमिकतामा राखि जोखिम व्यवस्थापन गर्नुपर्ने बताउँदै राहत उद्धारमा नागरिकले अनुभूति गर्ने गरी कार्य गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले नीति र कानुनको निर्माण गरि विपद् व्यवस्थापनका लागि नागरिकप्रतिको दायित्व वोध गर्दै सचेतना कार्यक्रम,साधन स्रोतको व्यवस्था गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले आधुनिक प्रविधि, तालीम प्राप्त तीन सुरक्षा निकायका जनशक्ति, स्थानीय निकायको सहयोगमा प्रदेश सरकारले झापाको अर्जुनधारा र मोरङको रङ्गेलीमा ‘कोशी प्रदेश विपद् व्यवस्थापन अतिआवश्यक केन्द्र निर्माण गर्ने कार्य शुरु गरेको जानकारी दिए ।

दुई दिने सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारी गरी ९० जनाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर