AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तेश्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ श्रावण २०७८, बिहीबार १६:४९
2.33k
Shares
विराटनगर / प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेश्रो लहरको पूर्व तयारीमा जुट्न निर्देशन दिएकी छिन् ।

विज्ञहरुले कोरोनाको तेश्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न उनले निर्देशन दिएकी हुन् ।

कोभिड–१९ को सम्भावित तेश्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले सो निर्देशन दिएकी हुन् । मन्त्री राईले भनिन,‘ हामी तयारी अवस्थामै थिएनौ भन्ने छुट कसैलाई छैन ।’ कोभिड–१९ को सम्भावित तेश्रो लहरको पूर्व तयारीमा रहन निर्देशन दिँदै उनले समस्या र चुनौतीको सबैले मिलेर मात्रा समाधान गर्न सकिने बताइन् । कोरोना परास्तका लागि सवै एकजुट भए मात्र संभव हुने उनले बताइन् ।

मन्त्री राईले अस्पतालको क्षमताअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताइन् । उनले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्ला भित्रका सवै पालिकाहरुको अवस्था, आवस्यकता र तयारी सहित जिल्लाको समस्या, आवस्यकता पहिचान गरि आवस्यक तयारी सहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न निर्देशन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर