प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, आज एकै दिन प्रदेशमा थपिए १ सय ३३ जना संक्रमित,

खबर पूर्वाञ्चल, ३१ भाद्र २०७७, बुधबार १७:२९

विराटनगर / सुनसरीमा ६९ सहित प्रदेश १ मा आज थप १ सय ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थप १ सय ३३ जना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ ।

सुनसरीबाहेक मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४–४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
यता मोरङको विराटनगरमा ९ महिला १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, कटहरीमा १ महिला र सुनबर्षीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको दमकमा १ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ४ पुरुष, बा¥हदशीमा २ महिला ३ पुरुष, मेची नगरमा १ पुरुष, भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा ५२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसन विराटनगरबाट २१, मारवाडी सेवा सदन आईसोलेसन केन्द्र विराटनगरबाट ९, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ७, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोगठाउँबाट ४, जिल्ला अस्पताल धनकुटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५–५ र कालि सदन आईसोलेसन विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिचार्ज हुनेका संख्या २ हजार १ सय ९४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५