AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा बाढीका कारणका एक सय बढी घर परिवारलाई स्थानान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ आश्विन २०८२, आईतवार १३:२३
108
Shares
Oplus_131072

विराटनगर /अविरल बर्षाका कारण खोलाको बाढी वस्तीमा पसेपछि मोरङका एक सय बढी घर परिवारलाई स्थानान्तरण गरिएको छ ।

विराटनगर १२ को सम्पन्न वस्तीका ७५ घरका ३५० जनालाई स्थानीय बखरी आधारभूत विद्यालय र दरैया आधारभूत विद्यालय तथा स्थानीय फ्याक्ट्रीमा स्थानान्तरण गरिएको छ ।

वस्तीका ७५ घर परिवारका ३५० जनालाई स्थानान्तरण गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार उर्लावारी–९ बोर्डर्लाइनमा रतुवाखोलाको पानी घरमा पसेपछि २० घरलाई स्थानीय छिमेकीको घरमा स्थानान्तरण गरिएको छ ।

रतुवामाई नगरपालिका ५ चटपटे चौक स्थित कटनु खोलामा आएको बाढीमा बाँध भन्दा माथि पानी बगी डुवानमा परेको ६ घर परिवार र रतुवामाई नपा ५ महराजथान स्थित पर्ने बक्राहा खोलामा आएको बाढीबाट डुबानमा परेको ९ घर परिवारलाई सुरक्षित स्थान तर्फ पठाईएको छ ।

विराटनगर –२ पूर्व सिंगिया खोलाको पानी घरमा पसेका ३५ घरलाई स्थानान्तरण गर्नु पर्ने सम्भावना रहेको प्रजिअ यादवले बताए । विराटनगर –५ केसलिया ढाट शंकरवारी टोलमा केसलिया खोला वस्तिमा पसेकोका २५ घर स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए।

सुनबर्शी–३, बाहुनटोलमा बक्राहा खोलाको बाँध कटान भइ करिव ६० घरमा बाढी पसेको प्रजिअ यादवले बताए । उनका अनुसार सुनबर्शी –६ बक्राहा खोलामा लगाईएको बाँधको मर्मत जारी छ ।

त्यसैगरि मिक्लाजुङ–६, मलामिटहरा छेउबाट नुनसरी खोलाको बाध कटान भइ रहेकाले स्थानीय स्तरमा खोलाको च्यानलाईज हुँदै गरेको बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर