खबर पूर्वाञ्चल
सुरक्षामा खटिने प्रहरीलाई संघले आइतबार १० लिटर सेनिटाइजर, मेडिकल मास्क र ग्लोब्स हस्तान्तरण गरेको हो ।
औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाको नेतृत्वको पदाधिकारीहरूले इप्रका बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाललाई मास्क, सेनिटाइजरलगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । विश्वभरी महामारीको रूपमा फैलिएको कोरानो भाइरसबाट बच्न जनताको सुरक्षामा खटिने प्रहरीलाई संघले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर समाजिक कार्य अनुरूप स्वास्थ्य सामाग्री प्रदान गरिएको अध्यक्ष तिम्सिनाले बताए । संघले प्रदान गरेको स्वास्थ्य सामाग्री सुरक्षामा खटिने प्रहरीलाई वितरण गरिने प्रहरी निरीक्षक ढकालले बताए ।
संघले यसअघि पनि विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री प्रदान गरिसकेको छ । केही दिन अगाडी संघले उर्लाबारी नगरपालिका– ७ स्थित नमूना बाल गृहमा रहेका बालवालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरेको थियो । यस्तै इप्रका रंगेली, उर्लाबारी तथा विराटनगर र बुढीगंगामा रहेको वृद्धाआश्रम रहेका जेष्ठ नागरिकहरूलाई दिर्घरोगका औषधी, भिटामिन, स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।