पछिल्लो २४ घण्टामा प्रदेश १ मा संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

खबर पूर्वाञ्चल, २४ भाद्र २०७८, बिहीबार १६:१२

विराटनगर/ पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोराना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ । ३४९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३५८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७१ महिला र १८७ पुरुष रहेका छन् ।

८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६, सुनसरीमा ७१, धनकुटामा ६, इलाम र उदयपुरमा ४–४, पाँचथर र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो ।

झापाको दमकमा २१, शिवसताक्षी र विर्तामोडमा १०–१०, भद्रपुरमा ८, कनकाईमा ७, मेचीनगरमा ५, अर्जुनधारा र झापा गाउँपालिकामा ३–३, बुद्धशान्ति, बाहृदशी, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, मोरङको विराटनगरम ४३, पथरीशनिश्चरेमा १२, केराबारीमा ८, उर्लाबारीमा ५, कटहरी, बुढीगंगा र रंगेलीमा २–२, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १– १, सुनसरीको इटहरीमा ४८, धरानमा १६, इनरुवामा २, बराहक्षेत्र, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

उता धनकुटाको धनकुटा नगरपालिकामा ५ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका, चुलाचुली, देउमाई र माईमा १–१, उदयपुरको चौदण्डीगढीमा २, उदयपुरगढी र त्रियुगामा १–१, पाँचथरको फाल्गुनन्द, तेहृथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५