धान विक्रि नभएपछि किसान निराश

खबर पूर्वाञ्चल, १७ असार २०७८, बिहीबार १३:२८
फाइल फोटो

कुमोद अधिकारी
विराटनगर । चेते धानको उचित मुल्य नपाएपछि मोरङका किसान चिन्तित भएका छ । यो वर्ष निरन्तर वर्षा कारण काटेको धान भिजेपछि व्यापारीले समेत धान खरिद नर्गदा किसानको घरमा धान थन्किएको अवस्था छ ।

पूर्वी मोरङमा केहिवर्ष यता चैते धान लगाउने क्रम वढेको छ । यसपटक धानमा घाटा खाएपछि कतिपय किसानले आउँदो वर्ष चैते धानको खेती नगर्ने भन्दै गुनासो गरेका छ ।

मोरङ रतुवामाई नगरपालिकाका–४ पैयामारीका कृषक नारायण ताजपुरियाले यो वर्षको चैते धानको अवस्था उखु जस्तै भएको वताए । मिलहरुले उखु खरिद नगर्दा किसानले उखु लगाउने छाडेको भन्दै यस पटक धान विक्रि नभएर घरमै थन्किएपछि आगामी वर्ष यो धानको कसरी खेती गर्नु उनको भनाई छ ।

गतवर्ष साढे सात रुपैयामा विक्रि गरेको चैते धान यो वर्ष प्रतिमन ५ सय रुपैयामा विक्रि गर्न वाध्य भएको उनीहरुले सुुनाए । डेढ विघामा लगाएको धानवाट लगानी समेत नआएको ताजपुरियाको भनाई छ । १ विघामा धानखेती गर्दा ४० हजार खर्च हुन्छ तर यो वर्ष लगानी समेत नउठेको किसानहरु वताउँछन ।

अर्का किसान उद्रनारायण ताजपुरियाले डेढ विघामा लगाएको धान मेशिनवाट काटेर दाउनि गर्दा २६ हजार खर्च भएको भन्दै लगानी उठाउन गाह्रो भएको वताए । धान थ्रेसर गर्दै सवै पैसा मेशिन वालाले लाने गरेकाले किसान जहिले पनि रित्तो हाथ हुने गरेको उनको भनाई छ ।

विगतको वर्षमा धान खरिद गर्न व्यापारी घरमै आउने गरेको सुनाउँदै यो वर्ष धान काटामा पु¥याउदा पनि व्यापारीले खरिद गर्न नमानेको उनको गुुनासो छ । अर्का किसान सुकरु ताजपुरियाले १ विघामा धान काटन १६ हजारमा मेशिनवालालाई ठेक्का दिएको र ५३ मन दाउनी भएको र मुुल्य नपाएपछि वाकि १२ कठ्ठा धान अहिलेपनि नकाटेको अवस्थामा खेतमै छ उनले भने ।

सो क्षेत्रका किसान चेते–४ तथा हर्दिनाथ–२ जातका धान लगाएका छन । कृषिमा यान्त्रीकरणसंगै उत्तपादनमा वृद्धि भएपनि वजारको अभावमा किसानले उचित मुल्य पाउन सकेका छैनन । सो क्षेत्रका किसानले एक विघामा १ सय मनसम्म धान उत्तपादन गर्दै आएका छन । धान दिवश जोडतोडका साथ हामीले मनाउँदै आएपनि किसानको अवस्थाभने उस्तै रहेको छ ।

स्थानिय सरकारको रुपमा रहेको स्थानिय तहलाई धानको उचित मुल्य निर्धारणका लागी पहल गर्न आफुहरुले पटक पटक भने पनि त्यसको सुुनवाई नभएको किसानहरु वताउँछन ।

धान सुकाउने डायर मेशिन तथा धान राख्ने गोदाम घरको व्यवस्था गर्न समेत किसानहरुले माग गरेका छन । डायर मेशिका लागी धेरै रकमा लाग्ने भएकाले त्यसका लागी प्रदेश र स्थानिय सरकारले सहयोग गर्नुपर्ने किसानको भनाई छ ।

रतुवामाई नगरपालिका उपप्रमुुख दयन्तादेवी चुुडालले धान सुकाउने डायर मेशिन र धान राख्ने गोदाम घर निमार्ण नहुुँदा किसानलाई समस्या पर्ने गरेको भन्दै धानको उचित मुल्य दिलाउन स्थानिय पालिकाले पहल गर्नु जरुरी रहेको वताइन् ।

प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय इकाई विराटनगरका प्रमुख विनोदकुमार मण्डलले किसानको मागलाई मध्यनजर गर्दै सो ठाउँमा परियोजनाले डायर मेशिन तथा गोदाम घर निमार्ण गर्न लागेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५