AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०८०, आईतवार १८:०३
90
Shares
विराटनगर / नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गरे । उनले वडा नम्बर १ को शिक्षा र स्वास्थ्यमा पछाडि परेको स्थान छनौट गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताए । वडा नम्बर १ का अध्यक्षसमेत रहेका बस्नेतले शिविरमा स्वास्थ्य जाँचसँगै आहारविहार र जीवनशैलीका विषयमा पनि जानकारी प्राप्त हुने उल्लेख गरे ।

त्यस्तै महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले गर्भावस्थाभन्दा अगाडिदेखि नै खानपान राम्रो भयो भने जन्मिने बच्चा स्वस्थ हुने बताए । उनले आहारविहार र खानपानमा ध्यान दिनुपर्नेमा जोड दिए । शिविरमा तौल, बोसोको मात्रा, सुगर, प्रेसर, ब्लड ग्रुपलगायतको जाँच गरिएको थियो । जाँच गर्न आएका सेवाग्राहीलाई परामर्शसमेत दिइएको आयोजक संस्थाका अध्यक्ष रोशन तिम्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर