ग्लोवल विराटनगरको रक्तदानमा ५१ पिन्ट रगत संकलन

खबर पूर्वाञ्चल, १६ असार २०७७, मंगलवार १६:५०

विराटनगर / लायन्स क्लव ग्लोवल विराटनगरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

आज विराटनगरको रानी रघुपती मोडमा भएको रक्तादानमा ५१ पिन्ट रगत संकलन गरीएको ग्लोवलका अध्यक्ष दिलसाद आलमले जानकारी दिए ।

रक्तदान कार्यक्रममा स्थानिय तथा क्लवका पधाधिकारहरुले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्र्ती गर्ने उद्देश्यले रक्तदान गरिएको अध्यक्ष आलमले जानकारी दिए ।

रगत नपाएर अकालमा कसैको पनि ज्यान नजाहोस् भनेर ‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम भएको अध्यक्ष आलमले बताए । अध्यक्ष आलमको आज अन्तिम दिन भएकोले रक्तदान गरिएको क्लवले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५