घरेलु तथा कोदोको रक्सीलाई व्याण्ड होइन ब्राण्डिङ गर्ने मन्त्री राईको प्राथमिकता

खबर पूर्वाञ्चल, १८ चैत्र २०७७, बुधबार १९:३४
फाइल तस्वीर

विराटनगर / प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले स्थानीय स्तरमा उत्पादन हुने घरेलु तथा कोदोको रक्सीलाई व्याण्ड होइन ब्राण्डिङ गर्ने बताएकी छिन् ।

पदभार ग्रहण गरेको ६ दिनपछि आज मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री राईले व्याण्ड भर्सेज ब्राण्डको अवधारणा अनुसार कानुनीरूपमा उत्पादन र बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको नेपाली कोदोको रक्सिलाई ब्राण्डिङ गनबताएकी हुन् ।

मन्त्री राईले भनिन् ‘हामी विदेशबाट आयात गरिएको मदिरामा चियर्स भन्दै रमाउँछौँ, यसले नेपाललाई केही फाइदा गर्दैन्,’ लोकल रक्सीलाई ब्याण्ड होइन ब्राण्डिङ गरेर नागरिकको आर्थिक अवस्था सुधार गर्नुपर्छ । व्यवस्थितरूपमा उत्पादन गरी विश्व बजारमा पु¥याउन सकिने उनको भनाइ छ ।

मन्त्री राईले यस अगाडीदेखि नै घरेलु मदिराको बिक्री वितरण फुकुवा गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने मुद्दा जोडका साथ उठाउँदै आएकी थिइन् । घरेलु मदिरालाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने र नेपालमा समेत विदेशी रक्सी आयात विस्थापित गर्नुपर्ने तर्क मन्त्री राईले राख्दै आएकी थिइन् । यसले घर भित्रै रोजगारीको सिर्जना गर्नेमा उनको जोड छ ।

मन्त्री राईले सवै कार्यक्षेत्रलाई समेटेर आगामी प्राथमिकता र कार्यक्रम समेत सार्वजनिक गरेकी छिन् । दोश्रो चरणको कोरोना संक्रमण बढ्ने संभावनालाई ध्यानमा राखि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई पुन ः सञ्चालनको तयारी गरिएको उनले बताइन् । पुनः सञ्चालनकालागि अस्पतालको निरीक्षण गरि आवश्यक निर्देशन पनि दिएको बताइन् ।

मन्त्री राईले प्रदेशमा रहेका यसअघि कोरोना उपचारमा संलग्न अस्पताललाई तयारी अवस्थामा रहन आग्रह समेत गरिन् । उनले सवै जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड सम्म कोभिड आईसोलेसन वार्ड तयार गरि उपचारको व्यवस्थापनकालागि निर्देशन दिईने बताइन् ।

मन्त्री राईले स्वास्थ्य वीमा कार्यक्रमले नसमेटेका र पैसाको अभावमा उपचार गर्न नसक्ने गरिव जनताकालागि आवश्यक कार्यविधि र मापदण्ड बनाएर लागु गरिने बताइन्र । उनले विद्यालय शिक्षाको गुणस्तरमा सुधार गर्न भौतिक पूर्वाधार निर्माण, विस्तार तथा जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताइन् । मन्त्री राईले महिलाको सुरक्षाको सवालमा अन्तर मन्त्रालय समन्वयगरि विशेष ध्यान दिईने समेत बताइन् ।

प्रदेश स्तरमा सञ्चालित जेष्ठ नागरिक लक्षित दन्त उपहार तथा आँखा उपचार कार्यक्रम सञ्चालनकालागि योजना बनाएर लागु गरिने उनले बताइन् । स्थानीय तह, प्रदेश सरकार र सामाजिक विकास संस्थासँगको सहकार्यमा सडक आश्रित, सहयोगापेक्षी मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिईने मन्त्री राईले बताइन् । उनले प्रदेशमा खेलकुद बोर्ड र जिल्ला खेलकुद विकास समितिहरु चाडै गठन गरिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५